भोजपुर, १६ साउन- भोजपुरमा माक्स मास्क अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज अत्यन्त जरुरी भन्दै यस्तो सूचना निकालेको हो ।

सूचनामा विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड- १९) को रोकथाम र नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुप न्युनतम २ मिटरको दुरी कायम गर्न, सार्वजानिक स्थलमा हिडडुल गर्दा मास्कको प्रयोग गर्न, सावुन पानीले हात धुन, स्यानिटाईजरको अनिवार्य प्रयोग गर्न अनुरोध गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद लुईटेल द्वारा हस्ताक्षरित सूचनामा त्यसको अवज्ञा गरेमा संक्रमण रोग निवारण ऐन, २०२० को दफा ३ अनुसार न्युनतम १०० जरिवाना लिने जानकारी गराईएको छ ।

तपाईको प्रतिक्रिया