काठमाडौं- साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ ।

आइतबार पनि छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्दै ९९ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ३०० रहेको थियो ।
यस्तै तेजावी सुन तोलामा ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदी पनि १२३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया