दिङ्ला– भोजपुरको साल्पासिलिछों गाउँपालिका १ का वडाध्यक्ष गणेश बुढाथोकीलाई स्थानिय एक बृद्धले आँफुमाथि कुटपिट गरेको आरोप लगाएकाछन् । स्थानिय ६५ बर्षीय अर्जुनजंग कार्कीले आँफुलाई विनाकारण कुटपिट गरेको आरोप लगाएका हुन् ।

वडाध्यक्ष बुडाथोकीले अग्राखे भन्ने स्थानमा बाटो छेकेर कुटपिट गरेको पिडित कार्कीको आरोप छ । कार्कीले आँफु दिङ्लादेखी घर जाने क्रममा श्रावण १७ गते कुटपिट भएको वताएकाछन् । कार्कीको छाती, हात र खुट्टामा चोटपटक लागेर गम्भीर घाईते भएको उनकी श्रीमती इन्दिरा कार्कीले खवरट्वीटलाई बताईन् । यता वडाध्यक्ष गणेश बुडाथोकीले भने बाटो निरिक्षण गर्दै हिडिरहेको अवस्थामा कार्कीले अपशव्द प्रयोग गरेको र त्यस्तो नगर्नु भन्दा सामान्य ठेलाठेल भएको स्विकारेकाछन् । ठेला ठेल हुँदा सामान्य चोटपटक आँफुलाई पनि लागेको र नियोजित रुपमा कुटपिट नगरेको वडाध्यक्ष बुढाथोकीले वताए ।

वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिई पिडित कार्कीको परिवारको रोहवरमा छाडिएको ईलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।स्थानिय मेडिकलमा प्राथमिक उपचार पछि कार्कीलाई थप उपचारको लागि विराटनगर तर्फ लगिदै गरेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया