भोजपुर,१९ साउन- भोजपुरको आमचौक ३ हाँगातुङ स्थित बोयाङ बालंखामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएकाछन् । बोयाङबाट बालंखा तर्फ जाँदै गरेको प्रदेश न १ -०२-००३ त ५८८ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा गम्भीर घाईते भएका चालक दिपक कुँवरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।

आईतवार राती ९ बजेर १५ मिनेटको समयमा ट्रयाक्टर आँफै अनियन्त्रित भई पल्टिएर ३ सय मिटर तल झरेको थियो । दुर्घट्नामा परि घाईते हुनेहरुमा आमचोक३ का नवहाङ राई, टंक कुँवर, विकाश कुँवर नकुल राई र भरत राई रहेकाछन् । नवहाङ, टंक र विकाशको धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ भने नकुल(सहचालक) र भरतलाई स्थानिय स्वास्थ्य संस्थामा उपचार पछि घर पठाईएको छ । घाईते मध्ये विकास कुँवरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट, लाग्नुको साथै दाहिने हात भाँचिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक तथा सुचना अधिकारी प्रदिप लामाले जानकारी दिए ।

दुर्घटनाको वारेमा ईलाका प्रहरी कार्यालय घोडेटारवाट प्रहरी निरीक्षकको टोलिले थप अनुसन्धान एवं कानुनी प्रकृयाअगाडि वढाईरहेको प्रहरीले वताएको छ ।

तपाईको प्रतिक्रिया