संखुवासभा- संखुवासभाको प्रसिद्ध धार्मिक तिर्थस्थल सभापोखरीको दर्शन गरेर फर्किने क्रममा एक जनाको ज्यान गएको छ ।

सभापोखरीबाट फर्किने क्रममा पाँचखपन नगरपालिका २ स्याबुनका सन्तोष पोख्रेलको मृत्यु भएको वडाअध्यक्ष उत्तम दाहालले जानकारी दिए । सोमबार दिउँसो दर्शन गरेर फर्किने क्रममा स्वासप्रस्वासमा समस्या भएका २५ वर्शिय पोख्रेलको सभापोखरी नजिकै मृत्यु भएको हो ।

यस धार्मिक स्थलमा जनै पुर्णिामामा पुर्वका विभिन्न जिल्लाका भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया