धरानका ३ सहित प्रदेश १ का ४३ जनामा कोरोना संक्रमण पुष्टि

 धरान- प्रदेश १ मा आज ४३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू मध्यो ३७ जना पुरूष र ६ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले आजको कोभिड–१९ अध्यावधिक अपडेटमा उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार आज प्रदेश १ मा सबै भन्दा बढि मोरङमा २० जना, सुनसरीमा १२ जना, झापामा ८ जना, इलाममा २ जना र धनुषा घर भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा विराटनगरमा ४ महिला र ७ पुरूष, बुढिगंगामा १ महिला र ३ पुरूष, लेटाङमा २ पुरूष, उर्लाबारीमा १ पुरूष र केराबारीमा २ पुरूष रहेका छन् ।

त्यस्तै, सुनसरीको इटहरीमा १ महिला र ३ पुरूष, धरानमा ३ पुरूष, दुहवीका ४ पुरूष र इनरूवाका १ पुरूषमा कोरोना संक्रमण देखिएको हो । झापाको कचनकवालमा ३ जना, भद्रपुरमा १ जना दाक र गौरीगञ्जमा २–२ जना पुरूषमा संक्रमण देखीएको छ, भने इलामको सुर्योदयका दुइ पुरूष भाइरसको संक्रमण भेटिएको मन्त्रायलले अध्यावधिक अपडेटमा उल्लेख गरेको छ । 

जिल्ला अस्पताल खोटाङमा रहेका एक पुरूष निको भएर डिस्चार्ज भएको पनि उल्लेख गरीएको छ । अपडेटमा हाल सम्म प्रदेश १ मा १ हजार १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । जसमा ७ जना स्थाइ ठेगाना प्रदेश १ बाहिरका रहको मन्त्रालयले जनाएको छ । आज ९सय ९७ जनाको पिसिआर परिक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको बताइएको छ ।