काठमाडौँ – नेपालमा भोजपुरका २ जना सहित थप ३६० जना कोरोना संक्रमित थपिएका छन् ।शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको प्रयोगशालामा भोजपुरका २ जनालाई कोरोना देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार पछिल्लो २४ घन्टामा २३३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । यो सँगै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ ।

गएको २४ घन्टामा ६ सय ६२२ पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया