भोजपुर,२३ साउन- भोजपुरमा करेण्ट लागेर एकजनाको ज्यान गएको छ । खोटाङको जन्तेढुंगा गाँउपालिका- २ खैलाका २६ बर्षीय गम कुमार राईलाई विहिवार दिउँसो ४ बजेतिर  ट्रान्समिटर चेक गर्ने क्रममा करेन्ट लागेकपछि उपचारको क्रममा बेलुका ६ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

विद्युतको ट्रान्समिटर चेक गर्ने क्रममा करेन्ट लागेका राईलाई उपचारको लागि आमचोक गाउँपालिका- ४ बालंखा स्थित स्वास्थ्य चौकी बालंखामा चिकित्सकले चेक जाँच गर्दा मृत घोषणा गरेका थिए ।

मृतकको लाश कानुनी प्रकृया पुरा गरी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय खोटाङ पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक प्रदिप लामाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया