दिङ्ला,२४ साउन – विश्वभर कोरोना भाईरस (कोभिड १९)को संक्रमण तीव्र रुपमा वढिरहेको अवस्थामा भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिङ्ला बजारमा निःशुल्क मास्क वितरण गरिएको छ । उद्योग वाणिज्य संघ दिङ्ला र आदिवासी जनजाती समुदाय दिङ्ला शाखाको प्रायोजनमा  मास्क वितरण गरिएको उद्योग वाणिज्य संघ दिङ्लाला शाखाका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए।

शनिबार सचेतमुलक सन्देशसहितको माईकिङ गरि इलाका प्रहरी कार्यालय, आदिवासी जनजाती समुदाय र आईटिएफ तेक्वान्दो डोजाङ् दिङ्लाको सहकार्यमा १ हजार मास्क वितरण गरिएको हो । कोरोना भाईरस नियन्त्रणमा सरकारले अपनाएको अवधारणालाई ध्यान नदिँदा समुदाय स्तरमा कोरोना भाईरसको जोख्खिम बढ्न थालेको भन्दै सचेतना सहित मास्क वितरण गरिएको आदिवासी जनजाती समुदाय दिङ्लाका अगुवा यङ्गराज राईले वताए ।

कोभिड नियन्त्रणको लगि सरकारले लागु गरेको नियम पालना नगर्नेलाई कानुन अनुुसार कारवाही गरिने प्रहरीले जनाएको छ । आउँदा दिनमा नियम पालन नगर्नेलाई कानुन वमोजिम कारवाहि गरिने ईलाका प्रहरी कार्यालयका निरिक्षक भाष्कर खतिवडाले वताए । केहि दिन अघि जिल्ला प्रशासन कार्यालय भोजपुरले सूचना प्रकासन गर्दै मास्क नलगाउने तथा नियम पालन गर्नेलाई १ सय सम्म जरिवाना गरिने वताएको छ ।

तपाईको प्रतिक्रिया