दिंला- रुद्राक्ष उत्पादन तथा व्यावसायिकरणको केन्द्र भोजपुरको दिंलामा रुद्राक्ष व्यावसायलाई व्यवस्थित गर्न छलफल कार्यक्रम आयोजना गरिएको छ । कृषक, व्यावसायी, जनप्रतिनिधि, सुरक्षकर्मी, पत्रकार लगायतको उपस्थित रहेको कार्यक्रम षडानन्द नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो ।

उपस्थितले रुद्राक्षलाई कृषिमा समायोजन गर्नुपर्ने र करको दायरामा ल्याउनुपर्ने र यसको सुरक्षाको व्यवस्थामा जोड दिएका छन् । रुद्राक्ष व्यावसायी संघ भोजपुरका उपाध्यक्ष हरि पोख्रेलले रुद्राक्षलाई करको दायरामा ल्याएर कर असुल गरि कृषकलाई पनि सुविधा दिनुपर्ने वताए । रुद्राक्ष व्यावसायी संघका केन्द्रिय सदस्य निलमणि न्यौपानेले रुद्राक्ष व्यावसायमा एकद्वार प्रणली अनुसार कर लगाईनुपर्ने वताए । राज्यको नितिको कारण एउटै रुद्राक्षको पटक पटक करतिर्नु परेको उनले दुखेसो पोखे ।

त्यस्तै रुद्राक्ष व्यावसायी संघका केन्द्रिय उपाध्यक्ष उत्तम कटवालले रुद्राक्ष यस क्षेत्रको जिवन ज्युने मुख्य आधार भएकोले यसको दिगो बजारीकरणमा जोडदिनुपर्ने मा जोड दिए । रुद्राक्ष व्यावसायी संघका वोर्ड सदस्य राज कुमार दंगालले वनजन्य उत्पादनको सुचीमा रहेको रुद्राक्षलाई चाँडो भन्दा चाँडो कृषिमा समायोजन गर्नुपर्ने सरकार सँग माग राखे । किसानले खेतवारी मासेर रुद्राक्ष खेती गरेकोले यसलाई कृषिमा समायोजन गरेर यसमा भएका विभिन्न समस्यालाई फुकुवा गर्नुपर्ने उनको माग थियो ।

रुद्राक्ष व्यावसायी संघका अध्यक्ष मनोज चापागाईँले रुद्राक्षलाई कृषिमा समायोजन गर्न स्थानिय, प्रदेश र संघीय सरकारसँग पटक पटक पहल गरिएको दावि गरे । रुद्राक्ष हाल ४० वटा जिल्लाको मुख्य आम्दानिको स्रोतको रुपमा रहेकोले रुद्राक्ष व्यावसायलाई दिगो रुपमा व्यवस्थापन गरिनुपर्नेमा जोडदिए । उनले रुद्राक्ष व्यावसायलाई वेवास्ता गरेमा २०सौं हजार मानिस गरिवीको चपेटामा पर्ने तर्क राखे ।

उद्योग वाणिज्य संघ दिंलाका अध्यक्ष रमेश श्रेष्ठले रुद्राक्षलाई कानुन वनाएर व्यवस्थित गरिनुपर्ने विचार व्यक्त गरे । रुद्राक्षको मालालाई स्थानिय स्तरमा आयोजनाहुने कार्यक्रममा अनिवार्यरुपमा प्रचलनमा ल्याउनुपर्ने कुरामा पनि जोड दिए ।

रुद्राक्ष कृषक भीम तामांगले रुद्राक्षवाट करोडौं आम्दानीहुने गरेको तर स्थानिय सरकारले कर शंकलन गर्न नसकेको आरोप लगाए । कृषकलाई सेवा सुविधा पनि दिनुपर्ने र कर पनि उठाईनु पर्ने उनको माग थियो ।

होटल व्यावसायी संघ दिंलाका अध्यक्ष नरेन्द्र तामांगले रुद्राक्ष व्यावसायीहरुलाई सेवा दिन दिंलाका होटलहरु सक्षम रहेको दावि गरे । कोभिड १९ को समस्याका वावजुद पनि आन्तरिक तथा वाह्य रुद्राक्ष व्यावसायीहरुलाई सुरक्षित सथा सेवा प्रदान गर्न सकिने वताए ।

वडा नम्वर ६ का वडाध्यक्ष सुजन राईले पछिल्लो समयमा विभिन्न कारण गुणस्तरीय वोटहरु विनास गर्ने क्रियाकलाप वढेको अवस्थामा कडा भन्दा कडा कानुन वनाएर कारवाही गर्नुपर्नेमा जोड दिए । त्यस्तै वडा नम्वर ४ का वडाध्यक्ष किसान राईले दिंलालाई रुद्राक्षको व्यापारिक केन्द्र वनाईनुपर्नेमा जोड दिए । रुद्राक्ष किसान तथा व्यावसायीलाई सरकारलाई कर तिरेर राज्यप्रतिको दायित्व पनि पुरागर्नुपर्ने सल्लाह दिए ।

मेयर विरवल राईले नगरपालिकाको नीति तथा कार्यक्रममा नै रुदाक्षलाई कृषिमा समायोजन गर्नको लागि व्यवस्था गरिएको जानकारी दिए । उनले सुरक्षा कार्यविधि वनाएर कानुन विदको सुझाव सल्लाह वमोजिम रुद्राक्षका विविध विषयमा कानुन निर्माण गर्ने वचनवद्धता दिए ।

छलफलले साउन २८ गते नगरकार्यपालिका सहित सरोकारवालाहरुको बैठकवसी कानुन निर्माणको लागि वृहत छलफल गरेर अघि वढ्ने नगर प्रमुख विरवल राईले वताए ।

तपाईको प्रतिक्रिया