दिङ्ला– तपाईँ हामी झट्ट बधशाला भन्ने वित्तिकै सफा सुघ्घर, आकर्षक मासु काट्ने स्थान भनेर सम्झन्छौ । तर मानव स्थास्थ्य सँग प्रत्यक्ष सरोकार राख्ने भोजपुरको दिंलाको बधसालामा भने त्यसको विपरित जताततै पशुका रगत, मल मुत्र, हड्डी, पत्कर, स्याउला व्यवस्थापन नहुँदा प्रदुर्षण फैलिएको छ  ।

षडानन्द नगरपालिकाले वडा नम्वर ४ को कृषिचौकी नजिक निर्माण गरेको बधसाला मासु व्यावसायीहरुको लापर्वाहीका कारण यस्तो अवस्थामा परिणत भएको उपभोक्ताहरुको आरोप छ । व्यावसायीले मासु काटेर रगत, छाला, मल व्यवस्थापन नगर्नाले प्रदुर्शष फैलिएको स्थानिय वासिन्दा तथा उपभोक्ता अगम सिं राईले गुनासो पोखे ।

उक्त बधसालामा मासु काट्ने पेशा गर्दै आएका मासु व्यावसायीहरु भने नगरपालिकालाई कर तिरेको कारण नगरपालिकाले फोहोर व्यावस्थापन गर्नुपर्ने जिकिर गर्दछन् । आँफुले नगरपालिकालाई नियमित कर तिरिरहेकोले नगरपाकिकाले डस्विनको व्यवस्था गरि सरसफाई व्यवस्थापन गरिदिनुपर्ने मासु व्यावासायी कमल खड्गीले वताए ।

यता यस बिषयमा षडानन्द नगरपालिकाका मेयर विरवल राई भने फोहोर मैला मासु व्यावसायीलेनै गर्नु पर्ने वताउँछन् । व्यावासायीले कर तिरेको रकम नगरपालिकाले निर्माण गरेको टहराकोहो त्यसकारण फोहोर व्यवस्थापनको निमित्त व्यावसायीहरुले नगरपालिकालाई कर नवुझाएको हुँदा व्यावसायी स्वयंले फोहोर व्यवस्थापन गर्नुपर्ने उनले वताए ।

  जोखिममा बधशाला 

चार बर्ष अघि निर्माण शुरुगरि गतबर्ष मात्र निर्माण सम्पन्न भएको बधशाला जीर्ण वनेको छ । नगरपालिकाको दुरदर्शि योजना नवनाउदा बधशाला वाढि र पहिरोको जोखिममा परेको स्थानियले आरोप लगाएकाछन् । पहिरोले टहराको आधाभाग चर्किएर भत्किन लागेको र भेलले टहरोको केहि भाग पुरेको हुँदा बधशालामा मासु काटन नसकिने व्यावसायी कमल खड्गीले वताए । नगरपालिकाले दिंला बजारको हाटडाँडामा रहेको बधशालालाई व्यवस्थित गर्ने भन्दै कृषि चौकि नजिक निर्माण गरेको थियो । नगरपालिकाले भने उचित स्थानमा जग्गा नपाएकोले सो स्थानमा बधशाला निर्माण गरेको जनाउदै आएको छ ।

तपाईको प्रतिक्रिया