तुम्लिङ्गटार- राष्टिय वाणिज्य बैकले संखुवासभाको व्यापारिक केन्द्र तुम्लिङ्गटारमा एक्स्टेन्सन काउन्टरबाट सेवा सुरु गरेको छ । साउन २२ बाट यो सेवा सुरु गरिएको खाँदबारी शाखाका प्रवन्धक अनिष रायमाझीले बताए ।

विशेष गरेर भोजपुरको उत्तरी क्षेत्रका साथै संखुवासभाका पाँचखपन, धर्मदेवी र चैनपुर नगरपालिका साथै तुम्लिङ्गटारका स्थानीयले यहाँबाट सेवा लिने उनले बताए । बाणिज्य बैकमा कारोबार गर्न सदरमुकाम नै धाउनु पर्ने स्थानियको गुनासो आएपछि एक्स्टेन्सन काउन्टरबाट सेवा सुरु गरिएको हो ।

यो काउन्टरबाट नगद जम्मा, भुक्तानी, पेन्सन, सामाजिक सुरक्षा भत्ता, तलव लगायतका सेवा उपलव्ध हुनेछ बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया