धनकुटा- धनकुटाका संघिय सांसद राजेन्द्र कुमार राईले हिले–लेगुवा सडक खण्डको ठेक्का सम्झौता तोडिने वताएका छन् । ठेकेदारको लापर्वाहिले लामो समयसम्म निर्माण सम्पन्न नभएकोले जनताले सास्ती भोग्नुपरेपछि ठेक्का तोडिने वताएकाहुन् ।

संघीय सरकार अन्तर्गतको आयोजनामा हिले–लेगुवा सडक खण्ड पर्ने भएकाले सडक निर्माण कार्य पुरा नहुँदा धनकुटा जिल्ला सहित भोजपुर र संखुवासभा जिल्लाका नागरिकलाई समेत सास्ती भईरहेको प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले वताए । उनले भौतिक पुर्वाधार तथा यातायत मन्त्री र आयोजना प्रमुखलाई समेत पटक पटक हिले–लेगुवा सडक खण्डको अवस्थाको वारेमा जानकारी गराएको वताए ।

प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईको अगुवाईमा पाख्रीवास नगपालिकामा भएको पत्रकार सम्मेलन तथा छलफल कार्यक्रममा निमार्ण व्यवसायीलाई पटक –पटक दवाब दिँंदा समेत निमार्ण व्यवसायीहरुको ढिला सुस्ती र लापरवाही गरेका कारण हाल सम्म सडक निमार्ण हुन नसकेको र जसले गर्दा आम नागरिकले सास्ती भोगिरहनु परेको त्यस क्षेत्रका जनप्रतिनिधिले वताएका छन् ।

 भोजपुर, संखुवासभालाई तराई सँग जोड्ने मध्य पहाडी लोकमार्ग अन्तर्गत धनकुटाको हिले–लेगुवा सडक खण्डको कालोपत्रे गर्ने कार्य तत्काल पुरा गर्न संघिय सरकारसँग जनप्रतिनिधिहरुले माग गरे। हिँउदमा धुलो र बर्षातको समयमा हिलोले  सो सडक खण्ड अस्त व्यस्त बन्नुका साथै सवारी आवागमनमा वर्षेनी यात्रुहरुले समस्या भोग्नु परेको भन्दै हालका निमार्ण व्यवसायीहरुको टेन्डर रद्ध गरी अर्को टेन्डर आह्वान गरी तत्काल निमार्ण कार्य सुचारु गर्न जनप्रतिनिधिहरुले ऐक्यवद्धता जनाएकाछन् ।

प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, जिल्ला समन्वय समिति धनकुटका प्रमुख टंकबहादुर चुवान र पाख्रीवास नगरपालिकाका प्रमुख वृषवहादुर राईद्धारा संयुक्त हस्ताक्षर गरी जारी गरिएको प्रेस विज्ञेप्तीमा २०७२ चैत्र २ गते सम्झौता भई २०७५ चैत्र १६ गते भित्रमा सम्पन्न गर्ने गरी दि कञ्चनजंगा रायमाझी मोतिदान जेभी, रौताहा सन्तोषि विरुवा जेभीले ठेक्का लिएको थियो ।

समयमा सडक सम्पन्न नभएपछि पहिलो पटक २०७६ माघ महिनामा थप गरिएको थियो । थप गरिएको समयमा पनि निमार्ण व्यवसायीले निमार्ण कार्यलाई तिव्रता नदिएको प्रेस विज्ञेप्तीमा उल्लेख गरिएको छ । २६ किलोमिटर रहेको हिले –लेगुवा सडक खण्ड स्तरउन्नति तथा कालोपत्रेका लागि दुई निर्माण व्यवसायीले सम्झौता गरेका थिए।

सो अवसरमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक वहादुर चुवान, पाख्रीवास नगपालिकका प्रमुख वृषवहादुर राई, पाख्रीवास नगरपालिका ४ का वडा अध्यक्ष सोवित निरौला, वडा न.५ का वडा अध्यक्ष गोपालराज थापा लगायतले वोल्नु भएको थियो ।

मध्यपहाडी लोक मार्ग पाँचथर जिल्लाको चिवा भञ्जयाङवाट शुरु भई वैतडी जिल्लाको झुलाघाट सम्म पुर्याउने सरकारको लक्ष्य अनुसार धनकुटा जिल्लाको हिले लेगुवा सडक खण्ड २६ किलोमिटर यस लोक मार्ग अन्तर्गत पर्दछ । यो सडकका निर्माण समयमै सक्नका लागि निर्माण कम्पनीका ठेकेदारहरुसंग १३ पटक भन्दा बढी बैठक भएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया