दिङ्ला,२६ साउन– आदिवासी जनजाती महासंघ षडानन्द नगरपालिकाको नगर तदर्थ समिति अध्यक्षमा अगम सिं राई चयन भएका छन् । राई सहित २३ सदस्यीय समिति आईतबार २६ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित भेलावाट सर्वसम्मत चयन भएका हुन् ।

षडानन्द नगरपालिकाका प्रमुख विरबल राई,  उपप्रमुख मेरिका राई, २६ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस कार्यक्रम आयोजक समितिका अधक्ष्य यङ्गराज राई, तथा विभिन्न जातजातिका प्रतिनिधीहरुको उपस्थितिमा २३ सदस्यीय तदर्थ समिति सर्वसहमत गठन भएको हो ।

समितिको सचिवमा सुरेन्द्र पुलामी मगर, कोषाध्यक्ष विष्णु भुजेल र सदस्यहरुमा निर्दोष राई, मकर तामाङ, निर्मल भुजेल, भुपाल मगर, भक्त बहादुर तामाङ, कृष्णधन तामाङ, अजय राई, सञ्जु सुनुवार, केशर श्रेष्ठ, गिता राई, विनोद राई, प्रकाश गुरुङ, उत्तर कुमार राई, दिपक खड्गी, साथै कुमाल जातिका प्रतिनिधी, माझी जातिका प्रतिनिधी, शेर्पा जातिका प्रतिनिधी र लिम्बु जातीका प्रतिनिधी गरि २३ सदस्यीय समिति गठन भएको २६ औं विश्व आदिवासी दिवस कार्यक्रम आयोजक समितिका अध्यक्ष यङ्गराज राईले बताए ।

नवगठित समितिका अध्यक्ष राईले आदिवासी जनजातीहरुको हकअधिकार र पहिचानको लागि जुनसुकै मुल्य चुकाएर पनि आँफु लगायत आफ्नो नेतृत्वको समिति तयार रहने वचनवद्धता प्रकट गरे । पहिलो पटक ढिलै भएपनि आदिवासी जनजाती महासंघको स्थापना भएकोमा खुसि व्यक्त गर्दै समितिले छिट्टै अधिवेशन गरि कार्य समिति गठन गर्ने नवनिर्वाचित समितिअध्यक्ष अगम सिं राईले प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया