सङ्खुवासभा- सङ्खुवासभाको चिचिला गाउँपालिका–२ गोगनेमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरका जिल्लाका ३० बर्षिय र्हक तामाङको घटना जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएस्पी नवराज मल्लले जानकारी दिए ।

खाँदबारी–किमाथाङ्का सडक खण्डको चिचिला–२ का गोगनेमा सोलिङ्ग गर्ने ढुङ्गा फुटाउने क्रममा सडक माथिको ढुङ्गा खसेर स्काईभेटर चाकल तामाङको घटना स्थलमै मृत्यु भएको हो । मंगलबार दिउँसो १ बजे तिर खाँदबारी–किमाथाङ्का सडकमा ढुङ्गा फुटाउदै गर्दा सडक माथिबाट खसेको ढुङ्गाले लागेको हो । सो खाँदबारी–किमाथाङ्का सडकको चिचिलामा बानियाँ निमार्ण सेवाले काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया