- मोहन तामाङ

भोजपुर– आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा भोजपुरले मास्क वितरण गरेको छ ।   २१ औं स्थापना दिवसको अवसरमा मंगलबार शाखाले एक औपचारिक कार्यक्रम आयोजना गरि नेपाल पत्रकार महासंघ भोजपुर, खबर ट्वीट डट कम, रेडियो उन्नती र रेडियो भोजपुरमा कार्यरत क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुलाई मास्क वितरण गरेको हो ।

आदिवासी जनजाती पत्रकार महासंघको स्थापना जनजातीहरुको बिषयलाई मुलधार सम्म ल्याउनुको लागि र पत्रकार महासंघमा आफ्नो भुमिका खोज्नको लागि स्थापना भएको हो । चुनौतिहरु धेरै छ र अवसर पनि छ क्रियाशिल रहेर काम गर्ने हो भने सफल हुन सकिन्छ । आदिवासी जनजाती पत्रकारहरुको क्षमता वृद्धि गर्नु पर्ने परिस्थिति रहेको छ । विपदको समयमा अग्रपंक्तिमा रहेर काम गरिरहँदा आफै सुरक्षित भएर नलागे घरपरिवारमा समस्या हुने र यस्तो परिस्थितिमा फोनिज शाखाले सजग गराउँदै मास्क वितरण गरेकोमा पत्रकार महासंघका कार्यबहाक अध्यक्ष एक्सन राईले खुसी व्यक्त गरे ।

विगतका कार्यसमितिहरुले विभिन्न क्षेत्रमा कदम उठाएर योगदान दिएको थियो । वर्तमान समितिले आदिवासी जनजाती पत्रकारहरुलाई क्षमता वृद्धि तालिम दिनको आदिवासी जनजाती पत्रकार महासंघ भोजपुरका उपाध्यक्ष शारदा तामाङ्को नेतृत्वमा समिति गठन भएको छ । त्यस्तै जिल्लाका अग्रज तथा वर्तमान अवस्थामा कार्यरत पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गर्नको लागि अक्षयकोष निर्माणको लागि फोनिज शाखाकै सचिव प्रदिप चन्द्र राईको नेतृत्वमा समिति गठन भएको आदिवासी जनजाती महासंघ भोजपुर शाखाका अध्यक्ष राजन राईले बताए ।

तपाईको प्रतिक्रिया