काठमाडौँ– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

मंगलबार घिमिरेलाई कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का एक कर्मचारीले रातोपाटीलाई जानकारी दिए । उनी संक्रमण देखिएका पहिलो उच्च अधिकारी हुन् । हालसम्म अख्तियारमा प्रमुख आयुक्त घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

अख्तियारका ३ सय ५० जनाको स्वाब परीक्षणका लागि पठाइए पनि उनीहरूको रिपोर्ट आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया