धान हाम्रो प्रमुख खाद्यान्न बाली हो । पहाड र तराईमा यसको खेती वर्षायाममा गरिन्छ । तल्लो पहाड तथा खोचको सिञ्चित क्षेत्रमा चैते धान पनि लगाउने गरिन्छ । उन्नत प्रविधिबाट डेढदेखि दुई गुणा उत्पादन बढाउन सकिन्छ ।

धान विश्वका आधा भन्दा बढी जनसंख्या अर्थात् तीन अर्ब ५० करोड मानिसको खाद्यान्नको प्रमुख आधार नै धान हो । एशियाली मुलुकहरूलाई त धानको बास्केट नै मानिन्छ । किनभने ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत पनि एशियाली मुलुकमा नै हुने गरेको छ । विश्वमा जति धान उत्पादन हुन्छ त्यसको ६-७ प्रतिशत मात्र बिक्री वितरणका लागि बजारमा जान्छ ।

उच्च पहाडी क्षेत्रमा: माछापुच्छे, छोमरुङ, जुम्ली मार्सी
पहाडी क्षेत्रमा : खुमल–४, खुमल–६, खुमल–७, खुमल–८, खुमल–१०, खुमल–११
तराई क्षेत्रमा : राधा–४, विन्देश्वरी, हर्दिनाथ–१, सावित्री, मकवानपुर–१, सुख्खा धान–१, २ र ३, सावासब–१, स्वर्णसब–१

बीऊदर: उन्नत जातको बीऊ प्रतिरोपनी २।५ केजी, प्रति कठ्ठा १।७ केजी, वर्णशंकर जातको बीऊ प्रति रोपनी ७५० ग्राम, प्रति कठ्ठा ५०० ग्राम मिलाएर छर्नु पर्दछ ।

बीऊ उपचारः
बेभिस्टीन २ ग्राम प्रतिकेजी । बीऊलाई २४ घण्टा पानीमा भिजाउने र ४८ घण्टा बोरामा राखी टुसाउने । बीऊलाई धुलो वा हिले ब्याडमा छरी बेर्ना तयार गर्ने । बेर्नाको उमेर २०–२५ दिनको बेर्ना सार्नको लागि उपयुक्त हुन्छ । बेर्नामा ४ पात लागेको हुनुपर्छ ।

जमिनको तयारी:

रोपाईं गर्नुभन्दा १ हप्ता अगाडि काल्ला खुर्कने, आली लगाउने र मुसाका प्वाल टाल्ने । गह्रामा पानी जमाएर झारपात कुहाउने । जमिनमा पानी लगाइ दुई पटक राम्रोसँग जोतेर हिल्याउने र पाटा लगाइ सम्याउने । तयारी जमिनमा चारदेखि पाँच सेमीसम्म पानी जमाउने ।

रोपाईं गर्ने प्रविधि :

पंक्तिको दूरी २० सेमी ९एक वित्ता० र बोटको दूरी २० सेमी राख्ने । वर्णशंकर जात ३० सेमी लाइन र २५ सेमी बोटको दूरीमा लगाउने । उन्नत जातको लागि एक ठाउँमा दुईदेखि तीन बेर्ना रोप्ने । वर्णशंकर जातको लागि एक ठाउँमा १ बेर्ना रोप्ने ।रोपाईं गर्दा ३ सेमी भन्दा गहिरो नरोप्ने । गहिरो रोपेमा गाँज हाल्न ढिलो हुन्छ । छरुवा विधिबाट समेत धान खेती गर्न सकिन्छ । यो विधिमा वैशाख र जेठ महिनामा पाँच केजी प्रति रोपनी वा ३।३ केजी प्रति कठ्ठा बीऊ छर्नुपर्ने हुन्छ । यो विधिबाट खेती गर्दा झारपात नियन्त्रण गर्न अति आवश्यक हुन्छ ।

मलखाद:

रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र धानको जातमा भर पर्दछ । उन्नत जातको लागि सिफारिस मलखादको मात्रा । वर्णशंकर जातको धान लगाउँदा उन्नत जातको भन्दा डेढ गुणा बढीको दरले मलखाद तथा रासायनिक मलको प्रयोग गर्नुपर्छ ।

मलखाद व्यवस्थापन धानबालीमा मलको प्रयोग गर्दा स्थानीय स्रोतको परिचालनमा हरियो मल (सकेसम्म कोशेबाली), एजोला, गोठेमल, कम्पोष्ट मल, पिना, ब्लुग्रिन एल्गी आदि प्रयोगमा ल्याउन सक्दछौं । यी मलहरू प्रयोग गरेपछि नपुग मात्रा मात्र रासायनिक मलको रूपमा दिनु पर्दछ ।

धानबालीको लागि रासायनिक सलको सिफारिस मात्रा १००–३०–३० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर सिंचित क्षेत्रको लागि छ भने असिंचित क्षेत्रको लागि ६०–२०–२० केजी नाइट्रोजन फस्फोरस पोटास प्रतिहेक्टर छ । धान बालीमा जिंक तŒवको कमी प्रायः देशभरी नै देखिएको छ ।

प्लास्ट रोग :

यो रोगको लक्षण स्वरूप पातहरूमा दुबै छेउतिर चुच्चिएका अडाकारका थोर्लाहरू देखा पर्दछन् । यी थोप्लाहरू खैरो रङ्गको हुन्छन् र थोपलाको बीचमा सेतो बिन्दु हुन्छ । बाला मुन्तिरको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् । व्यवस्थापन रोग अवरोधक जातको खेती गर्न ।

स्याडमा यो रोग लागेमा हिनोसान १ मिलिलिटर १ ग्राम प्रति लिटर पानीका दरले मिलाई स्याडमा राम्ररी छर्न । बोट गजाइ रहेको बेला हिनोसान १.५ मिलिलिटर २ ग्राम प्रतिलिटर पानीका दरले १०–१२ दिनको फरकमा दुईपटक राम्ररी छर्ने ।

स्याक्टेरियल लिफ प्लाइट लक्षण पातको किनाराबाट लामो पहेंलो वा खैरो रङ्गका धर्साहरू देखिन्छन् र पात टुप्पोबाट सुकेर मर्दछ । व्यवस्थापन सिफारिस अनुसार नाइट्रोजन मल दिने । रोग लागेको खेतमा केही दिन पानी सुकाइदिने ।

एग्रिमाइसिन १०० को ०.२५ ग्राम प्रति लिटर पानीमा मिसाएर त्यो झोलमा बीऊलाई ३० मिनेटसम्म डुबाएर बीऊ उपचार गर्ने । खैरो थोप्ले रोग लक्षण पात वा धानका गेडामा स–साना गोलाकार वा लाम्चा खैरा थाप्लाहरू देखिन्छन् ।

व्यवस्थापन: खेतमा रोगी बोटका ठुटाहरू र अन्य झारपात नष्ट गर्न । उचित मात्रा र उपयुक्त समयमा मलको प्रयोग गर्न । मेन्कोजेव डाइथेन एम–४५ बिषादी तीन ग्राम प्रतिलिटर पानीको दरले मिसाइ १५ दिनको फरकमा तीन पटक छर्कने ।

फेद कुहिने रोग:

लक्षण:
खेतमा रोगी विरुवा अग्लो नहुने, पहेंलिने र अन्तमा फेंद कुहिएर मर्दछ । बोटमा तल्लो आँख्लाहरूबाट जरा निस्कन्छन् ।
व्यवस्थापन:रोगी बोट देख्ने बित्तिकै त्यसलाई तुरुन्तै उखेलेर बारीबाट हटाउने वा जलाएर नष्ट गर्न । स्वास्थ्य बीऊको प्रयोग गर्न ।

डेरोसाल ५० प्रतिशत डब्लु पी बिषादी दुई ग्राम प्रति किलोग्राम बीऊका दरले उपचार गरी प्याड राख्ने । पातको फेद डढुवा रोग लक्षण सुरुमा पातको फेदमा अण्डाकारका खैरा थोप्लाहरू देखा पर्दछन् । थोप्लाहरू बढ्दै गएर काला गिर्खाहरू देखा पछन् । बोटको माथिल्लो भागमा समेत पुगी सुकेर डढेको जस्तो देखिन्छ ।

सिँचाइ तथा निकास :

बेर्ना रोपेको २०–३० दिन सम्म ४–५ सेमी पानी खेतमा रहनुपर्छ । निकास सुविधा भए १५ दिनको फरकमा ४–५ दिन पानी काटी जमिन सुख्खा राख्दा राम्रो हुन्छ ।

झारपात नियन्त्रण :

झारपात प्रकृति हेरी बेर्ना सारेको २५ देखि ३० दिनमा पहिलो र ४५ देखि ५५ दिनमा दोस्रो गोलमेल गर्ने, वा झारपात प्रकोप बढी हुने ठाउँमा बेर्ना सारेको ४ दिन भित्र ब्यूटाक्लोर दाना १ केजी २५० ग्राम प्रति रोपनी वा ८०० ग्राम प्रति कठ्ठाका दरले सबै ठाउँमा पर्ने गरी समान रूपले छर्ने, वा छरुवा धानमा झार नियन्त्रण गर्न पेन्डिमेथालिन ३० प्रतिशत रासायनिक विषादी ४ मिली प्रति लिटर पानीमा मिसाइ १ रोपनीमा ३० लिटर (प्रति कठ्ठा २० लिटर) का दरले रोपेको तीन दिन भित्र छर्ने । रोपुवा धानमा ब्युटाल्कोर ५० इसी रासायनिक विषादी १.५ जिली प्रति लिटर पानीमा २५ लिटर झोल मिसाएर प्रति रोपनी (प्रति कठ्ठा १६ लिटर) मा तीन दिन भित्र छर्ने ।

कुन मल कसरी हाल्ने ?

धान गोडमेल गरेसँगै मल हाल्नुपर्छ । रोप्दाखेरी जसरी मल हालिन्छ, गोडमेल गर्दा पनि मल हाल्यो भने धानले राम्रोसँग गाँज हाल्छ र बाला लाग्छन् । धान रोप्दा युरिया, डीएपी र पोटास हाल्ने गरिन्छ । अहिले गोडमेल गर्दा भने सबैभ्दा धेरै युरिया मल हाल्नुपर्छ । गाउँघरतिर गोबर मल हाल्ने गरिन्छ ।

धान हुर्किने, बढ्ने र फल्ने बेला नाइट्रोजनको आवश्यकता पर्ने भएकाले युरिया मल हाल्नुपर्ने वैज्ञानिकको भनाइ छ । ‘धान गोडमेल गरेपछि मल हाल्नुपर्छ । मल हाल्दा नाइट्रोजन, फस्फोरस र पोटासको पूर्ति गर्नुपर्छ । त्यसैले अहिले युरिया मल अनिवार्य हाल्नुपर्छ गोडमेल गर्दा मल हालिएन भने धानको बोटले धेरै गाँज हाल्दैन । बाला लाग्दैन ।’

धान धेरै फल्नका लागि धेरै गाँज हाल्नुपर्छ । धेरै बाला लाग्नुपर्छ । यसका लागि मल चाहिन्छ । धानले अरु तत्व घाम, हावा, पानीबाट लिन्छ । तर मल नहाल्दा बाला नलाग्न पनि सक्छ । युरिया मल धानबालीमा तीन पटकसम्म हाल्नुपर्छ । पहिलो पटक धान रोप्दा हालिन्छ । त्यसपछि पहिलो पटक धान गोड्दा हाल्नुपर्छ । अनि दोस्रो पटक धान गोडमेल गर्दा पनि युरिया हाल्नुपर्छ ।

बालीमा नाइट्रोजन उडेर जाने भएकाले पटक पटक युरिया मल हाल्नुपर्ने नार्कका बरिष्ठ धानबाली वैज्ञानिक उप्रेती बताउनुहुन्छ । अरु मलजस्तो यो लामो समयसम्म रहिरहँदैन । ‘डिएपी पोटास जस्तो गरी यो मल लामो समयसम्म रहिरहँदैन, उडेर जान्छ’ उहाँले भन्नुभयो, ‘धानका लागि अनिवार्य चाहिने भएकाले पटक पटक भए पनि युरिया हाल्नु पर्ने भएको हो ।’

धान खेतमा चाहिने जति मल हालियो भने गाँज धेरै हाल्छ । धेरै गाँज हाल्यो भने धेरै बाला लाग्छ । मलखात पुग्यो भने सबै बालामा धान फल्छ । बाला पोटिलो पनि हुन्छ । उहाँका अनुसार मल हाल्दा पानी बग्न दिनु हुँदैन । खेतमा जाने कुलो बन्द गर्नुपर्छ । खेतबाट पानी बग्ने आलीका छिद्र पनि राम्रोसँग टाल्नुपर्छ । आकाशे पानी परिरहेका बेला मल हाल्नु हुँदैन । यसले मल बगाएर लैजाने हुन्छ । पानीले बगाएमा मल हाले पनि लाग्दैन । बिहान शीत परेका बेला पनि मल हाल्नु हुँदैन ।
घाम लागेका बेला मल हाल्नु उत्तम मानिन्छ । मल हालेको कम्तीमा २४ घण्टा पानी नपरेमा धानबाली सप्रिन्छ । बाली सप्रिएमा धान उत्पादन पनि धेरै हुन्छ ।

मरुवा र डडुवा रोगबाट धान कसरी जोगाउने ?

धान बालीमा अहिले मरुवा रोग देखिएको छ । पहाडी जिल्लामा मरुवा रोग देखिएको छ भने तराईका जिल्लामा डडुवा रोग लाग्छ । दुबै रोगले धानबाली फस्टाउन दिँदैन । सुरुमा पातमा काला–काला टिम्का पर्ने यो रोगले पछि बोट सुकाउँछ । बोट पहेलो हुँदै सुकेपछि बढ्न सक्दैन भने राम्रोसँग हुर्किन पाउँदैन । हुर्किन नपाएपछि गाँज हाल्दैन । बाला लाग्दैन ।

गोडमेल गरेर मल हालेपछि रोग किरा लाग्ने जोखिम हुन्छ । पानी पर्ने र घाम पनि लाग्ने अवस्थामा मरुवा रोग लाग्छ । धानले गाँज हाल्ने र बाला निस्कने बेला मरुवा रोगले समस्या पार्छ । तराइमा डडुवा रोग लाग्ने बेला पनि यही हो ।
धानलाई मरुवा र डडुवा रोगबाट जोगाउनका लागि विषादीको प्रयोग गर्नुपर्ने वैज्ञानिकको सुझाव छ । रोप्ने बेलामा यी रोग नलाग्ने जात लगाएमा भने यो रोगबाट धानबाली जोगाउन सकिन्छ । डडुवा र मरुवा रोगबाट जोगिने उपाय भनेको ढुसीनासक विषादीको प्रयोग हो । ढुसीनासक विषादी साप, डेरोसाल, कासुकी र ट्राइसाइकोजोक लगायतका विषादी प्रयोग गर्न सकिने नार्कका वैज्ञानिक उप्रेती बताउनुहुन्छ ।
‘डडुवा र मरुवाबाट जोगाउन ढुसीनासक विषादी हाल्नुपर्छ’ उहाँले भन्नुभयो, ‘विषादी हाल्दा मात्राको ख्याल गर्नुपर्छ ।’ उहाँका अनुसार किराबाट धानबालीलाई जोगाउन स्टिकरको पनि प्रयोग गर्न सकिन्छ ।

यसका लागि नजिकैका कृषि प्राविधिकसँग सल्लाह लिनुपर्छ । गोडमेलसँगै मल हाल्ने र रोग किराबाट जोगाउन दैनिक धानको हेरचाह गर्नुपर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया