दिङ्ला- भोजपुरको षडानन्द नगरपालिका ९ किमालुङको सुर्केमा आगलागीवाट ३० लाख बराबरको क्षति भएको छ । बुधबार राती अन्दाजी १२ बजेको समयमा आगलागी हुँदा अमृत बहादुर श्रेष्ठको घर जलेर नष्ट हुँदा सो क्षति भएको ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

श्रेष्ठको ढुङ्गा, माटो र जस्ताको छाना भएको घर र घरमा भएका खाद्यान्न लत्ताकपडा लगायत विभिन्न सरसामान सहित नगद २ लाख जल्दा अनुमानित ३० लाख वरावरको क्षति भएको अनुमान गरिएको छ । रातीको समयमा भएकोले नियन्त्रण गर्न असम्भव भएपछि आगो करिब बिहान ४ बजे नियन्त्रण भएको थियो ।

आगलागी हुनासाथ थाहा पाएको कारण मानिस र पसु चौपायालाई कुनै पनि असर भएको छैन । प्रारम्भिक अनुसन्धानवाट विद्युत शर्ट भएर आगलागी भएको अनुमान गरिएको ईलाका प्रहरी कार्यलयका प्रमुख भाष्कर खतिवडाले जानकरी दिए ।

तपाईको प्रतिक्रिया