संखुवासभा- संखुवासभाका थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रोशन श्रेष्ठका अनुसार पिलुवा क्वारेन्टाईनमा बसेका ३ जनाको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित मध्ये २ जना बैदेशीक रोजगारीबाट विदेशबाट फर्किएका थिए । एकजना विराटनगरबाट फर्किएकोमा कोरोना पोजेटिभ देखिएको श्रेष्ठले जानकारी दिए ।उनीहरुको स्वास्थ्य अवश्था सामान्य छ । उनीहरुको यात्रा विवरण खोजि भइरहेको छ ।

विद्यालय, क्याम्पस र सामुदायिक भवनमा सरकारले आईसोलेसन नराख्ने निर्णय गरेपछि संक्रमितलाई व्यवस्थापनमा समस्या भएको जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताए । जग्गा किनेर अस्थायी आईसोलेसन निर्माणमा गर्न छलफल  भइरहेको समन्वय समिति प्रमुख श्रेष्ठले जानकारी दिए  ।

यसअघि ५ जनामा कोरोना पोपेटिभ देखिएको थियो । उनीहरु उपचार पछि घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया