संखुवासभा– संखुवासभामा आइसोलेसनमा कोरोना संक्रमित राख्ने सम्वन्धमा विवाद भईरहँदा स्वास्थ्य सामग्री चोरी भएका छन् । सदरमुकाम खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा रहेको आइसोलेसन बिहीबार राति तोडफोड गरेर सामग्री चोरिएको जिल्ला अस्पताल खाँदवारीले जनाएको छ ।

करिब १५ लाख बराबरको सामग्री चोरी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुन्दरश्याम झाले बताए । उनका अनुसार ७० थान पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडरलगायत सामग्री चोरिएका छन् ।

अहिले आइसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पताल प्रमुख दीपेश श्रेष्ठले जानकारी दिए । प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया