दिंला- दिंलामा विभिन्न व्यावसायमा आवद्ध व्यावसायीहरुको पहलमा भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिंलाको मुख्य नाका दिंला-सतिघाट  सडक खण्ड मर्मत शुरु भएको छ । उद्योग वाणिज्य संघ, रुद्राक्ष व्यावसायी संघ, यातायात व्यावसायी र होटल व्यावसायीको पहलमा विहिवारवाट सडक मर्मत शुरु गरिएको अभियानका अगुवा राज कुमार तामा‌ंगले जानकारी दिए ।

व्यावसायीहरुको पहलमा आईतवार षडानन्द नगरपालिकामा वसेको सर्वपक्षीय वैठकले षडक मर्मत गर्ने निर्णय गरेको थियो । सडक निर्माण गर्नको लागि जेसिवी र एउटा ट्रयाक्टर नगरपालिकाले व्यवस्थापन गर्ने र अन्य खर्च व्यावसायीहरुले गर्ने निर्णय भएको सडक मर्मत सहजिकरण समितिका संयोजक तथा वडा नम्वर ६ का वडाध्यक्ष सुजन राईले जानकारी दिए । व्यावसायी र जनप्रतिनिधिहरुको सक्रिय सहभागितामा सडकमा हिलो हटाउने, मिक्स गिट्टी हाल्ने, नाली काट्ने काम भईरहेको वडाध्यक्ष राईले वताए ।

अविरल बर्षा तथा सडक स्तरोन्नती गुणस्तरीय नहुँदा सडकमा यातायातका साधन चल्न समस्या भएको र नगरपालिकाले समयमा सडक मर्मतमा चासो नदिएपछि व्यावसायीहरुले पहल शुरु गरेको व्यावसायीहरुले वताएका छन् ।

तपाईको प्रतिक्रिया