संखुवासभा- संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ । आँफै प्रमुख रहेको हिमालय किरण क्याम्पसमा रहेको आईसोलेसन तोडफोड गरेको आरोपमा डा. मात्रिका तिम्सिना रहको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्ला अस्पतालले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको आधारमा क्याम्पस प्रमुख तिम्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए । क्याम्पस प्रमुख तिम्सिनाको अगुवाईमा आइसोलेसन तोडफोड भएको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरे पनि शनिबार मात्र सार्वजनिक गरेको हो ।

तिम्सिनालाई अपराधिक उपद्रव गर्न नहुने मुद्धामा अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक राईले जानकारी दिए । प्रहरी घटनाको दुई दिन वित्दा समेत तोडफोडमा संलग्नमा अन्यलाई भने पक्राउ गर्न सकेको छैन । घटना स्थलमा सिसि क्यामरा जडान भएको भएपनि क्यामेरा फुटेजको बारेमा प्रहरीले कुनै जानकारी दिएको छैन ।

जिल्ला अस्पताल संखुवासभाका अनुसार आइसोलेसनमा प्रयोग गर्नका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोड पछि हराएको जनाएको थियो । तोडफोड पछि करिब १५ लाख रुपैयाँ बराबरको सामाग्री चोरी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन सुन्दरश्याम झाले बताए । आइसोलेसन सेन्टरमा राखिएका ७० पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री क्याम्पसमा बनाइएको आइसोलेसनबाटै हराएको अस्पताल प्रशासनले जनाएको छ ।

आइसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका प्रवक्ता सुजता पौडेलले जानकारी दिईन् । तोडफोड पछि नयाँ स्वास्थ्य सामाग्री व्यवस्थापन गरेर ३ जना कोरोना संक्रमितलाई राखिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया