संखुवासभामा थप एक जनालाई कोरोना पोजेटिभ

संखुवासभा- संखुवासभामा आज थप १ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठका अनुसार अरुण तेस्रोले फ्याक्सिन्दामा बनाएको क्वारेन्टाईनमा बसेका ३२ बर्षका पुरुषको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

भारतको विहारबाट अरुण तेस्रो आयोजनामा काम गर्न आएका कामदारमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सखुवासभाले जनाएको छ ।उनको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा ल्याउने तयारी भईरहेको छ ।

यसअघि संखुवासभामा ८ जनालाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु मध्ये ५ जना उपचार पछि घर फर्किसकेका छन् भने ३ जनाको खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आइसोलेसनमा उपचार भईरहेको छ ।