दिङ्ला– भोजपुर प्रवेश गर्ने सबै नाका १५ दिनको लागि शिल गरिएको छ । कोरोना भाईरस (covid-19) को संक्रमण न्युनिकरणको लागि सोमबार बसेको सरोकारवाला पक्षको बैठकले उक्त निर्णण गरेको हो । साथै जिल्लाभरी रहेको साना तथा ठुला होटल बन्द गर्ने, जिल्ला प्रशेश गर्ने सबै सवारी साधनलाई निर्मलिकरण गर्ने, निर्मलिकरणमा लागेको खर्च उद्योग वाणिज्य संघ भोजपुरले व्यवस्थापन गर्ने भएको छ । मालबहाक सवारी साधनमा यात्रु ओसार प्रसार गरेको पाईएमा यात्रु सहित फिर्ता पठाउने लगायतका निर्णय भएको छ ।

साथै बैठकले होल्डिङ सेन्टर व्यवस्थापन तथा लेगुवाघाटमा हेल्प डेक्स स्थापना गर्ने भएको छ । उक्त हेल्प डेक्स र होल्डिङ सेन्टरलाई निरन्तरता दिनको लागि षडानन्द नगरपालिका र भोजपुर नगरपालिकाले ७÷७ लाख र प्रत्येक गाउँपालिकाले ५÷५ लाख उपलब्ध गराउनु पर्ने भएको छ । उक्त रकमको ४० प्रतिशत प्रत्येक पालिकाले तत्काल उपलब्ध गराउनु पर्ने निर्णय भएको भोजपुरका साहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए ।

बैठकले पिसिआर मेशिन स्थापना गरी धनकुटा जिल्ला संग समन्वय गरी धनकुटामा स्थापना गर्ने सम्बन्धमा आवश्यक समन्वय गर्न भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको संयोजकत्वमा पाँच सदस्यीय समिति साथै जिल्ला अस्पतालमा आईसियूको व्यवस्थापन गर्न प्रदेश मन्त्रालयसंग समन्वय गरी आईसियू सञ्चालन गर्ने गरी आवाश्यक पहल गर्न जिल्ला समन्वय समितिका प्रमुख लक्षमण खड्काको संयोजकत्वमा तिन सदस्यीय समिति समेत निर्माण भएको छ ।

बैठकले भोजपुरको देउरालीमा रहेको क्वारेन्टीनमा २० वेडको, पर्यटन सुचना केन्द्र टक्सारमा १६ वेड जिल्ला अस्पतालमा १० वेडको र जिल्ला अस्पतालको बिरामी कुरुवा भवनमा १४ वेड क्षमताको आईसुलेशन वार्ड बनाउने तथा प्रत्येक पालिकाको स्वास्थ्य केन्द्रमा ५ वेडको अक्सिजन सिलिन्डर सहितको उपचार व्यवस्था मिलाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया