भोजपुर– नेत्रविक्रम चन्द ९विप्लव० का केन्द्रिय सदस्य तथा मध्यपश्चिम ईन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिखमा रिहा भए लगतै पुनः पक्राउ परेका छन् ।
हातहतियार तथा सांगठानिक अपराध लगायतका मुद्धामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले ६० हजार धरौटीमा रिहा गरेका थिए । फैसला गरे पनि चन्दले धरौटी बुझाउन नसकेपछि कारगार चलान गरिएको थियो ।

सर्वोच्च अदातलमा गैरकानुनी रुपमा कारगार चलान भएको प्रति बन्दि प्रत्यक्षी करणको रिट परेपछि न्यायाधीशहरु दीपक कार्की र प्रकाशमान सिं राउतको आदेशमा बिना धरौटी ९मंगलबार० रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

भोजपुरबाट रिहा हुने वितिकै चन्द विरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा सांगठानिक अपराध सम्बन्धि नै मुद्धा रहेकोले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई साउन १५ गते काभ्रेपलान्चोकबाट नियन्त्रण लिएर भोजपुर ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया