दिङ्ला,१० भदौ– शिवम् सप्लायर्स तथा आईएमई सेन्टर दिङ्लाले इलाका प्रहरी कार्यालयलाई ट्रली साउण्ड सिस्टम प्रदान गरेको छ । आज विहान भोजपुरको दिंला बजारमा रहेको शिवम् सप्लायर्स तथा आईएमई सेन्टरका सञ्चालक रमेश श्रेष्ठले ईलाका प्रहरी कार्यालय दिङ्लाका प्रमुख भाष्कर खतिवडालाई साउण्ड सिस्टम हस्तान्तरण गरेका हुन् ।

कोभिड १९ महामारीको समयमा नेपाल प्रहरीलाई सचेतना मुलक सुचना सम्प्रेषणगर्न सहयोग पुगोस भन्ने उद्देश्यले साउण्ड सिस्टम प्रदान गरिएको शिवम् सप्लायर्स तथा आईएमई सेन्टरका सञ्चालक श्रेष्ठले वताए । साउण्ड सिस्टम प्रदान गरेकोमा
प्रहरीले खुशी व्यक्त गरेको छ । ईलाका प्रहरी कार्यालयका प्रमुख भाष्कर खतिवडाले चुस्त दुरुस्त रुपमा सुचना सम्प्रेषण गर्न सहज वनाईदिएकोमा शिवम् सप्लायर्सलाई प्रति कृतज्ञता प्रकट गरे ।

शिवम् सप्लायर्स तथा आईएमई सेन्टर दिङ्लाले भोजपुरको उत्तरी व्यापारिक केन्द दिंलामा २ दशक अघि देखि रेमिट्यान्स, लत्ताकपडा, एयर टिकेट लगायतका सेवा दिंदै आएको छ । विभिन्न सेवा दिईरहेको

तपाईको प्रतिक्रिया