दिङ्ला–संखुवासभामा विहिबार थप चार जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । खाँदाबारी नगरपालिकाको क्वारेन्टाईनमा रहेका बर्ष २४ का एक पुरुष र जिल्ला प्रहरी कार्यालयको क्वारेन्टाईनमा रहेका बर्ष २६, २७ रु ३२ को ३ पुरुष गरी जम्मा ४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय खाँदबारीले जनाएको छ ।

भाद्र १० गते धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र खाँदबारी स्थित आईशुलेसन वार्डमा सार्ने तयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यालय खाँदबारीले जनाएको छ ।

हाल सम्म संखुवासभामा जम्मा १३ जनामा संक्रमण पुष्टि भएका छन् भने ५ जना निको भएर घर फर्किसकेका छन् । ८ जना खाँदबारी नगरपालिकाको आईशुलेशन वार्डमा उपचारमा रहेका छन् ।

तपाईको प्रतिक्रिया