काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमण उकालो लाग्ने क्रममै छ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १ सय ११ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा छन् ।

कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । संक्रमितमध्ये २० हजार ७३ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमित १ सय ८३ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालमा अहिले १५ हजार २ सय ७३ जना सक्रिय सक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश दुईमा ५ हजार ७ सय २२ र बागमती प्रदेशमा ५ हजार ४१ जना सक्रिय संक्रमित छन् ।

आज कुन जिल्लामा कति थपिए ?

प्रदेश १

खोटाङ १ जना
मोरङ २० जना
संखुवासभामा ४ जना
सुनसरीमा ३८ जना

प्रदेश २

धनुषामा ३९ जना
पर्सामा ८५ जना
बारामा ३० जना
महोत्तरीमा ७ जना
रौतहटमा १५ जना
सप्तरीमा २२ जना
सर्लाहीमा ६ जना
सिराहामा ७ जना

बागमती प्रदेश

काठमाडौंमा २७०
काभ्रेमा १३
चितवन ४५ जना
दोलखामा २ जना
धादिङमा १ जना
नुवाकोटमा ७ जना
भक्तपुरमा ४१ जना
मकवानपुरमा ६३ जना
रामेछापमा ६
सिन्धुपाल्चोकमा ३ जना
सिन्धुलीमा ५ जना
ललितपुरमा ६६ जना

गण्डकी प्रदेश

कास्कीमा २ जना
गोरखामा १ जना
तनहुँमा ११ जना
नवलपरासी पूर्व १७ जना
पर्वतमा १ जना
लमजुङमा ३ जना
बागलुङमा ८ जना

प्रदेश ५

कपिलवस्तुमा २१ जना
गुल्मीमा ३ जना
दाङमा २ जना
नवलपरासीमा १८ जना
प्यठानमा ४ जना
बर्दियामा १ जना
बाँकेमा ७५ जना
रुपन्देहीमा ७२ जना

कर्णाली प्रदेश

जाजरकोटमा ५ जना
दैलेखमा १२ जना
सुर्खेतमा ९ जना

सुदूरपश्चिम प्रदेश

कञ्जनपुरमा ६ जना
कैलालीमा २० जना
डोटीमा ६ जना
बझाङमा १ जना
बैतडीमा १७ जना

तपाईको प्रतिक्रिया