संखुवासभामा हिराशतका २ जनामा कोरोना पुष्टि

दिङ्ला– संखुवासभामा शुक्रबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । हिरासतमा रहेका ३३ वर्षीया महिला र २८ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठका अनुसार विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।


उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसोलेसनमा राख्ने तयारी भईरहेको छ । हालसम्म संखुवासभामा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।


जसमध्ये ५ जना उपचार पछि घर फर्किसकेका छन् भने ८ जनाको खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसोलेसनमा उपचार भईरहेको छ ।