दिङ्ला– संखुवासभामा शनिबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । हिरासतमा रहेका बर्ष ६० र ६२ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ गते गरिएको स्वाव परिक्षणमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ कार्यालयले जनाएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसोलेसनमा राख्ने तयारी भईरहेको छ । हालसम्म संखुवासभामा संक्रमितको संख्या १७ जना पुगेको छ ।

जसमध्ये ९ जना उपचार पछि घर फर्किसकेका छन् । कोरोना संक्रमणको संख्या बढ्न थालेसंगै संखुवासभा ७ दिनका लागि पुर्णरुपमा निषेधाज्ञा गरिएको छ ।

तपाईको प्रतिक्रिया