खोटाङ – बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लाग्दा खोटाङमा एक बालकको ज्यान गएको छ ।ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको छर्राले लाग्दा १२ वर्षीय शैलेन्द्र तामाङको ज्यान गएको हो ।

सुठुनीबारीमा बाँदर धपाउनका लागि शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा छर्रा लाग्दा बालकको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमोरियाले बताए । बुवाआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र सानिआमाको घरमा बस्दै आएका थिए । 

बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताए। प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया