- खबर ट्वीट सहकर्मी

दिङ्ला– एकिकृत बस्तीका लागि रुद्राक्ष बजार व्यवस्थापन संस्थाको स्थापना भएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नंं. ५ चिउरिबोटेमा उदयपुर डाँडा बजार क्षेत्रलाई एकिकृत बस्ती साथै रुद्राक्षको बजार व्यवस्थापनको लागि बजार व्यवस्थापन संस्था स्थापना गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

धेरै लामो समय अगाडी देखिनै रुद्राक्ष बजार व्यवस्थापन संस्था दर्ता गर्न प्रयाश रहेको ढिला भए पनि सस्था उद्घाटन भएको छ । संस्थाको नितिनियम पुर्वक उद्घाटन भएको खुसी ब्यक्त गर्दै संस्थाको जन्म भईसकेपछि भबिस्य बनाउनु पर्ने समाजसेवी लाल बहादुर कार्कीले बताए ।

एकिकृत बस्ती निर्माणको लागि धेरै सुविधाहरु उपलब्ध हुनु पर्छ त्यहि सेवा सुविधा उपलब्ध गराउनको लागि रुद्राक्ष बजार ब्यबस्थापन संस्था निर्माण गरिएको हो । यस ठाउँको बजारलाई गुगलमा खोज्दा भेटोयोस भन्ने हिसाबले लागेका छौ । बजारलाई बिकाश गरेर सेवा सुबिधा थप्ने प्रयाश गर्ने छौ । एकीकृत भएर बस्न थाले पछि महत्वो बढने ब्यबस्थापन समिती सचिब राम चन्द्र नेपालले बताए ।

समयको फड्को बिकाश क्रम्लाई हेरेर स्वस्थ्य सुरक्षा शिक्षा सहज ढंगले पाउनको लागि ब्यबस्थित बसोबास चाहिन्छ । छरिएर बसोवास गर्दा हरेक सेव सुबिधा पाउन गारो हुन्छ । यस संस्थाले यस बजारलाई यहाँ मात्रै नभएर यस क्षेत्रलाई रुद्राक्षको बजारले विश्वमा चिनाउन सकोस र यस क्षेत्रलाई बजारीकरण गर्ने भुमिका खेल्न सकोस यस क्षेत्र रुद्राक्षको राजधानी भएकोले रुद्राक्ष नामक बजार व्यवस्थापन संस्था निर्माण हुनु खुसीको कुरा हो । बजारलाई व्यवस्थित गरी ५० बर्ष पछिको योजनामा समेत टेवा पुग्ने खालको बजार व्यवस्थापन गर्नु पर्ने पुर्व सांसद नरेन्द्र बस्नेतले बताए ।

बजार ब्यबस्थापन हुनु राम्रो पक्ष हो यस बजारलाई व्यवस्थापन गर्न वडाले गर्नु पर्ने सबै प्रकारका सहयोग वडाबाट हुने छ । बजार ब्यबस्थापनको लागि यस संस्थाको निर्माण हुनु राम्रो पक्ष हो अझै यस संस्थालाई बृस्तित बनाउनु पर्छ आ–आफ्नो ठाँउ बाट सबै लगेर अगाडी बढ्न सके छिट्टै बजार व्यवस्थापन हुने वडा नं। ५ का वडाध्यक्ष विनेश राईले बताए । ।

तपाईको प्रतिक्रिया