दिङ्ला– भोजपुरको षडानन्द नगरपालिका- २ कुदाककाउले वाछामा १२ बर्षिय एक बालिकाको शव फेला परेको छ । स्थानिय टीकाराम राईकी १२ बर्षिया छोरी अमि राईको शव उनकी दिदि टिनाले आईतबार बिहान १०ः३० बजेको समयमा झुण्डिएको फेला पारेको हुन् ।

दिदि बहिनि संगै घाँस काट्न गएको र बहिनि गोठ गएकोमा घर फर्किन ढिला भएपछि दिदी खोज्न जाँदा कटेरोमा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खवर गरेका थिए । घर देखि करिब ५ सय मिटर टाढा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यलय दिङ्लाले जनाएको छ ।

बालिकाले आत्माहत्याको वारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बालिकाको शव कानुनी प्रक्रिया पुरागरि सोमबार पोष्टमार्टमकोलागि खाँदबारी पठाईने ईलाका प्रहरी कार्यलय दिंलाका प्रमुख तथा प्रहरी निरिक्षक भाष्कर खतिवडाले खवरट्वीटलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया