संखुवासभा- संखुवासभामा एक युवक खोलाले बगाएर बेपत्ता भएका छन् । सिलिचोङ गाउँपालिका–२ मा माछा मार्न गएका स्थानिय ३० बर्षिय सुवास कुलुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घर नजिकै रहेको सङ्खुवा खोलामा माछा मार्न गएका ३० बर्षिय राईलाई आइतबार विहान ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । माछा मार्न क्रममा सङ्खुवा खोलाले बगाएर बेपत्ता भएका राईको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।

आइतबार स्थानीयबासी र सिसुवा प्रहरी चौकीको टोलीले दिनभर खोजी गर्दा पनि फेला पार्न नसकेको प्रहरी निरिक्षक राईले बताए । खराव मौसमका कारण खोजी कार्यका समस्या भएका र सोमबार पनि खोजी कार्यजारी रहने राईले बताए ।

तपाईको प्रतिक्रिया