भोजपुर, २४ भदौ- भोजपुरका थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । षडानन्द नगरपालिकाका दुई महिला सहित तीन पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

संक्रमति हुनेमा १५, ४१, ४४ वर्षका तीन पुरुष र २० र ४२ वर्षका महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फडिन्द्र थापाले जानकारी दिए । उनीहरु बाहिरी जिल्लावाट आएर होमक्वारेन्टिनमा बसेका थिए । स्वाब संंकलन गरी गते २२ गते विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका ११ जना मध्ये पाँच जनाको रिपोर्ट पोजेटिभ आएको षडानन्द नगरपालिकाका मेयर बिरबल राईले जानकारी दिए ।

यस अघि भारतबाट छुट्टीमा आएका भोजपुरको हतुवागढी गाउँपालिका घर भएमा तीन भारतिय सेनामा पनि कोरोना पुष्टि भएको थियो । हाल सम्म भोजपुरमा १७ जनामा कोरोना देखिएकोमा नौ जना निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया