भोजपुर,२५ भदौ – भोजपुरमा एक हप्ताको लागि लकडाउन शुरु भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र भोजपुरको विहिबार बसेको बैठकले जिल्लामा कोरोना भाइरस समुदायस्तरमा फैलिना थालेको भन्दै आजवाट लकडाउन गर्ने निर्णय गरे अनुरुप लकडाउन शुरु भएको हो ।

बैठकले जिल्ला भरका खाध्यन्न र तरकारी पसल दिउँसो ३ वजेदेखि ५ वजे सम्म खोल्न पाउने गरी भदौ २५ देखि एक हप्ता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । लकडाउनको समयमा अत्यावश्यक काम वाहेक जिल्लाभरका बजार, होटल, सम्पुर्ण सिमाहरु, यातयात लगायत सबै बन्द गरिएको जनाएको छ ।

बुधबारमात्र षडानन्द नगरपालिकाका ५ जनामा कोरोना पोजेटिभ आएको छ। योसंगै भोजपुरमा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ । जसमध्ये ६ जना निको भईसकेका छन् ।

तपाईको प्रतिक्रिया