दिंला- भोजपुरमा अविरल बर्षा सँगै पहिरो जाँदा ४० लाख बरावरको क्षति भएको छ ।बर्षात सँगै गएको पहिरोले षडानन्द नगरपालिका ४ स्थित उत्तर कुमार राईको घर धसिएपछि सो क्षति पुगेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

केहिदिन देखि आएको अविरल बर्षाको कारण विहिवार राती राईको घर मुनिवाट पहिरो गएपछि घर र घडेरी धसिएर वस्नै नहुनेगरि क्षति भएको प्रहरीले जनाएको छ । राईको घरमा भएका सर सामाग्रीलाई स्थानिय र प्रहरीको सहयोगमा छिमेकी सोहित सिं राईको घरमा सारिएको प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए ।

भर्खरै निर्माण सम्पन्न गरेको घर चर्किएर धुजा धुजा भएर वस्नै नमिल्ने भएपछि विचल्ली भएको पिडित राईले वताए ।

तपाईको प्रतिक्रिया