दिंला,२७ भदौ- भोजपुरको षडानन्द नगरपालिकाका कोरोना पोजेटिभदेखिएकाको कन्ट्याक्टमा रहेका सवैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विहिवार स्वाव संकलन गरेर पठाईएका सवैको रिपोर्ट नेगेटिभ आएको  नगरपालिकाले फेसवुक मार्फत जानकारी दिएको छ ।

काठमाडौं र तराईवाट आएर होम क्वारेन्टाईनमा रहेका नगरपालिकाका ५ जनामा २४ गते कोरोना संक्रमण देखिएपछि उनिहरुको कन्ट्याक्टमा आएका २७ जनाको स्वाव संकलन गरेर विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना ल्यावमा पठाईएको थियो ।

षडानन्द नगरपालिका ५ जना संक्रमितहरुमा १५, ४१, ४४ वर्षका तीन पुरुष र २० र ४२ वर्षका महिला रहेका छन् । षडानन्द नगरपालिकाका संक्रमतिलाई वडा नम्वर ७ मा रहेको गान्धी हस्पिटलको आईसोलेसनमा रहेकाछन् । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया