भोजपुर– भोजपुरमा २३ सय ३० घरको फुसको छानो हट्ने भएको छ । यस बर्ष सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यस बर्ष २३ सय ३० घरको फुसको छानो हटाईने संघीय सांसद तथा सुरक्षित नागरिक आवास कायर्यक्रम भोजपुरका संयोजक सुधन किराँतीले जानकारी दिए ।

यस बर्षको कार्यक्रममा जिल्ला भित्र रहेका पालिकाहरु मध्येमा भोजपुर नगरपालिकामा २३९, षडानन्द नगरपालिकामा ३८३, पौवादुङमा गाउँपालिका वडा २२३, टेम्के मयुैँ गाउँपालिका २२५ घरको फुसको छाना हट्ने भएको छ ।

त्यस्तै गरि रामप्रसादराई गाउँपालिकामा २७१, साल्पासिलिंछो गाउँपालिकामा २००, आमचोक गाउँपालिकामा २५४, हतुवागढी गाउँपालिकामा २८९ र अरुण गाउँपालिकामा २४६ गरेर जिल्ला भरीका २३ सय ३० घरको फुसको छाना हट्ने भएको हो ।

पालिकाले जारीगर्ने सुचनाको आधारमा सम्बन्धित वडा कार्यालयमा निबेदन गर्न अनुरोध गदैै कार्यक्रम नपरेका वडामा आउने आर्थिक बर्षमा स्वतः पर्ने जानकारी जानकारी पनि संयोजक किराँतीले फेसवुक मार्फत दिएकाछन् ।

तपाईको प्रतिक्रिया