दिंला- भोजपुरको उत्तरी व्यापारिक केन्द्र दिंलालाई संखुवासभा सँग जोडने मुख्य सडक दिंला सतिघाट खण्ड अवरुद्ध भएको छ । अविरल बर्षा सँगै आएको वाढिले सडक खण्डको षडानन्द नगरपालिका ६ स्थित तित्रेमा कजवे वगाउँदा अवरुद्ध भएको स्थानिय उत्तम कटवालले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि दैनिक उपभोग्या सामाग्री लगायत निर्माण सामाग्री ढुवानीका साथै विरामीहरुलाई आवत जावत गर्न समेत समस्या भएको छ । लकडाउनले यातायात सहज नहुँदा बजारमा विभिन्न दैनिक उपभोग्य सामाग्री अभाव भईरहेको अवस्थामा सडक अवरुद्ध हुँदा अझ व्यापारीहरुलाई समस्या थपिएको उद्योग वाणिज्य संघ दिंलाका अध्यक्ष रमेश श्रेष्ठले गुनासो गरे ।

अवरुद्ध भएको वाटोलाई यथासक्य चाँडो मर्मत गरेर सुचारु गराईने षडानन्द नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष सुजन राईले वताए । उनले भने वडा सँग वाटो मर्मतका लागि बजेट छैन, नगरपालिका सँग समन्वय गरेर सडक मर्मतको काम तुरुन्त गछौंं ।

सो सडकमा अविरल बर्षाले यातायातमा समस्या भएपछि एक महिना अगाडि दिंलाका उद्योग वाणिज्य संघ, होटल व्यावसायी संघ, रुद्राक्ष व्यावसायी संघ, यातायात व्यावसायीले नगरपालिकाको प्राविधिक सहयोगमा मर्मत गरेका थिए ।

अविरल बर्षा सँगै आएको वाढि पहिरोले भोजपुरको उत्तरी क्षेत्रका अन्य दिंला-देउराली, दिंला -कुलुंग, दिंला-ताँवुटार, दिंला-तिनतले, दिंला-सोमवारे, दिंला-वोया लगायतका दर्जन वढि सडक खण्डहरु वाढि पहिरोले वगाउँदा अवरुद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया