भोजपुर- भोजपुरमा प्रहरी र थुनुवाका र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएकाहरुमा नेपाल प्रहरीका ३ जना २८, २७, ३९ वर्ष, थुनुवा ३३ वर्ष र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी ४९ वर्षिया पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

बैंकको कर्मचारीमा संक्रमण देखिएपछि बैंकको सम्पर्कमा आएकाहरुलाई घरैमा होम क्वारेन्टिनमा १४ दिन बसिदिन आग्रह गरेका छन् । ‘संक्रमितको ‘ट्राभल हिस्ट्री’ को आधारमा अन्यको पनि स्वाब परिक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईटेलले जानकारी दिए ।

उनीहरु सहित १ सय १ जनाको स्वाव संकलन गरेर भाद्र २५ गते विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष ल्यावमा पठाइएको ९६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया