भोजपुर– वैदेशिक रोजगारमा मलेसियामा रहेका भोजपुरका एक युवाको मृत्यु भएको छ । ९ महिना अगाडी वैदेशिक रोजगारका लागि मलेसिया पुगेका प्रल्हाद तामाङ (सेप्टेम्बर १६ तारिख) भादै ३१ गते डिउटीको समयमा मृत्य फेला परेको उनको भाई श्याम तामाङले जानकारी दिए ।

भोजपुरको षडानन्द नगरपालिका वडा नं. ८ तुङ्गेछामा २०३८ सालमा जन्मिएका तामाङ यो भन्दा अगाडी ४ बर्ष मलेसिया र ७ बर्ष साउदि बसेका थिए । मृतकको साथमा भएको मोवाईल फोन नभएको र पर्समा रहेको थोरै पैसा मात्रै साथमा भेटिएको छ । के कारण मृत्यृ भएको हो अहिले सम्म परिवारलाई थाहा नभएको पारिवारिक स्रोतले खबर ट्वीटलाई जानकारी दिएको छ ।

उनको घरमा श्रीमती र ४ बर्षको छोरा रहेको पनि पारिवारिक स्रोतले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया