काठमाडौँ-  कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनको परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । देउवा, पत्नी आरजु राणा, स्वकीय सचिव भानु देउवा लगायत परिवारका सदस्य तथा सहयोगीको कुपण्डोलस्थित विध ल्याबमा शुक्रबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

फाइल तस्बिर ।

निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि देउवा बिहीबारदेखि होम आइसोलेसनमा बसेका थिए । तर ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

देउवा आइसोलेसनमा बसे पछि बिहीबार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दलबीच संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा छलफलका लागि बैठक स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया