भोजपुर- भोजपुरको हतुवागढी गाउँपालीकाकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ।उपाध्यक्ष राईको आज बिहान ४ बजे विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले जानकारी दिए।

केही दिनअघिबाट सामान्य ज्वरो, पखालाबाट बिरामी भएकी राईलाई घोडेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा केही दिन उपचार गरिएको थियो। उनलाई जण्डिससमेत देखिएको थियो। स्वास्थ्यमा सुधारपछि डिस्चार्ज गरिएपनि अचानक रक्तचाप कम भएको र खाना नरुच्‍ने समस्या देखिएपछि थप उपचारका लागि उनलाई धरान पठाइएको थियो।

उपाध्यक्ष राईको निधनप्रति गाउँपालिकाले दुस्ख जनाएको छ। परिवारसँगको सल्लाहसँगै अन्तिम संस्कारलगायतको विषयमा छलफल गर्न अहिले बिहान साढे ७ बजे गाउँकार्यपालिकाको आकस्मिक बैठक राखिएको छ। राई तत्कालीन नेकपा एमालेबाट गाउँपाालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

तपाईको प्रतिक्रिया