संखुवासभा- नेपालको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरलाईन्सले तुम्लीङ्टारवाट विराटनगर विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । कोरोना कहरका कारण वन्द भएको उडान ७ महिना पछि खुल्न लागेको हवाई सेवाले असोज ५ गते देखि दैनिक उडान भर्ने बुद्ध एयरका विराटनगर विमानस्थल मेनेजर भक्त वस्नेतले जानकारी दिए ।

बुद्धले काठमाडौं-तुम्लीङ्टार १०:२० बजे ,तुम्लीङ्टा-विराटनगर ११:२०बजे , विराटनगर तुम्लीङ्टार १२:०५बजे र तुम्लीङ्टार काठमाडौं १२:४५ बजे उडान गर्ने जनाएको छ । एयरलाईन्सले काठमाडौं तुम्लीङ्टार ५ हजार ६ सय पचपन्न,तुम्लीङ्टार विराटनगर ३ हजार ३ सय ५, विराटनगर-तुम्लीङ्टार ३ हजार ४ सय ५ र तुम्लीङ्टार काठमाडौं ५ हजार ५ सय ५५ भाडा तोकेको छ ।

एयरलाईन्सले कोरोनाको पिसिआर टेस्टको रिपोर्ट अनिवार्य नगरेतापनि सुरक्षा सावधानी अपनाएर मात्र यात्रा गर्न पाईने वताएको छ । झोला एउटा मात्र वोक्न पाउने, २ घण्टा अगाडि विमानास्थल प्रवेश गर्नुपर्ने, कोभिड १९ को लक्षण हुन नहुने, विरामी भएमा डाक्टरको रिपोर्ट अनिवार्य गरिएको बुद्ध एयर तुम्लीङ्टारका सिनियर अफिसर राजिव पोख्रेलले जानकारी वताए ।

लकडाउन अघि बुद्धले काठमाडौं मात्र दैनिक उडान गर्दै आएको थियो भने विराटनगर हप्ताको तीन दिन आईतवार, बुधवार र शुक्रवार उडान गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया