ईटहरी- इटहरी उपमहानगरपालिकाले सय बेडको आइसोलेसन सेन्टर निर्माण गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर ९ स्थित इटहरी रंगशालाको विभिन्न संरचनामा आइसोलेसन सेन्टर तयार गरेको हो ।

प्रदेश सरकारले दिएको २० लाख रुपैयाँ र स्थानीय संघसंस्थाको थप आर्थिक सहयोगमा आइसोलेसन सेन्टर तयार गरेको उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए । चौधरीका अनुसार आइसोलेसन सेन्टरमा महिला र पुरुषका लागि अलग-अलग शौचालय, बाथरुम, निःशुल्क वाइफाई सहित खाने बस्ने सुविधा रहेको छ ।

इटहरी उपमहानगरपालिकाका कोभिड- १९ क्वारेन्टाइन व्यवस्थापन उपसमितिका सदस्य सचिव महेश सुवेदीले इटहरी उपमहानगरपालिका क्षेत्रमा हालसम्म ४ सय ९ जना कोरोना संक्रमित पुष्टि भएको बताए । ती मध्ये १ सय ५० जना निको भईसकेकाछन् ।

तपाईको प्रतिक्रिया