भोजपुर- भोजपुरमा दुई दर्जन बढी नेपाली काङ्ग्रेस परित्याग गरि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सोमबार को अरुण गाउँपालिका–४ चरम्बीको ¥याङमा वडा कमिटिले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रम मार्फत उनीहरु नेकपामा प्रवेश गरेको नेकपा अरुण गाउँपालिकाले जनाएको छ ।

ताराकुमार तामाङको नेतृत्वमा अर्जुनकुमार राई, देवबहादुर मगर, सुमन नेपाली, हेमराज परियार, पुष्पराज सुन्दास, सविन थापा, कालीबहादुर तामाङ, गणेश बहादुर विक, देवीबहादुर दर्जी, वालकुमारी विक, चित्र प्रधान, लेखतजंग राई नेकपामा प्रवेश गरेका हुन् । त्यस्तै रविन थापा, बालकुमार महत, दलबहादुर दर्जी, प्रेम बहादुर तामाङ, दिलबहादुर तामाङ, जस बहादुर तामाङ, ज्ञानेन्द्र तामाङ, भरत तामाङ, दीपक तामाङ, बलबहादुर तामाङ, खेत महत लगाएत नेकपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपाका केन्द्रिय सदस्य, भोजपुर इन्जार्च तथा संघिय सांसद सुदन किराँतीले खादा ओडाएर पार्टीमा स्वागत गरेका छन् । कार्यक्रममा बोल्दै किराँतीले नेकपाले जनताको पक्षमा धेरै काम गरिरहेको बताए । किराँतीले भने,‘नेपालका कुनै पनि राजनितिक पार्टी राम्रो छैन, तर पनि तपाईहरु नराम्रो मध्येको राम्रो छानेर आउनु भएको छ,सवैलाई स्वागत छ, अब हामीले पार्टी भित्रका केहि खराब प्रबृद्धि हटाउन आ–आफ्नो ठाउँबाट लाग्नु पर्छ ।’

तपाईको प्रतिक्रिया