धरान- धरानकी ३८ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान २ मा वसोवास गर्ने  महिलाको आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

हिजो राती ११ बजेर ५० मिनेटमा प्रतिष्ठानमा भर्ना भएकी ती महिलाको आज सोमबार बिहान ५ बजेर ४५ मिनेटमा निधन प्रतिष्ठानले जनाएको छ। उनको आज कोरोना संक्रमण भएको रिपोर्ट आज आएको थियो । मृतकलाई ज्वरो, खोकी, श्वास प्रश्वासमा कठिन र नियोनियाको लक्षण देखिएर अस्पताल भर्ना गरिएको थियो ।

उनलाई इर्मजेन्सीमा परिक्षण गर्दा अत्यधिक मात्रामा ब्लड सुगर देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।

तपाईको प्रतिक्रिया