सङ्खुवासभा- सङ्खुवासभाको खाँदबारी नगरपालिका –१ टुँडिखेल बसपार्क नजिक आज अपरान्ह एउटा घरमा आगलागी भएको छ । दिउँसो ३ः३० बजेको समयमा ग्याँस लिक भएर आगलागी भएको हो ।

स्थानिय तेन्जिङ डुक्पा लामाको तीनतले घरको दोस्रो तलामा ग्याँस लिक भएर आगलागी भएको खाँदवारी नगरपालिकाका कार्यपालिका सदस्य कुङ्गाङ लामाले जानकारी दिए । घरभित्र सल्किएको आगो धुरीसम्म पुगेको थियो । स्थानीय, प्रहरी र खाँदवारी नगरपालिकाको दमकलको सहयोगमा एक घण्टाभित्र आगो नियन्त्रणमा लिएको संखुवासभा प्रहरीले जनाएको छ । 

आगलागीबाट भएको क्षतीको विवरण आईनसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकृत प्रहरी निरिक्षक सन्तोषकुमार राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया